पाल्पा बुटवल सडक अवरुद्ध

पाल्पा, असोज १०,
पाल्पा बुटवल सडक अवरुद्ध भएको छ । गएराती देखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो हटाउने काम शुरु भएपनि दर्जनौ ठाउमा पहिरो गएको र ति पहिरोहरु ठूलो भएकाले बाटो संचालनमा ल्याउन दिनभर लाग्न सक्ने प्रहरीको अनुमान छ ।

बाटो बन्द भएपछि पाल्पा बाट बुटवलका लागि छुटेका गाडीहरु केराबारी, चर्चरे, जोरधारामा रोकिएका छन् भने बुटवल बाट पाल्पाका लागी छुटेका सवारीहरु सिद्धबाबा मन्दिर क्षेत्रमै रोकिएका छन् । बिहिबार राती देखि परेको पानीले तिनाउँ २ मा रहेको भुजेल बस्तीका २ घरमा समेत पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *