पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असोज ९,
पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका, तिनाउँ गाउँपालिका, रैनादेबी छहरा गाउँपालिकामा एक एक जना पुरुष र रामपुर नगरपालिकामा एक पुरुष अनि एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । शुक्रबार थपिएका ५ जना संगै पाल्पामा संक्रमतिको संख्या ७ सय ३२ पुगेको छ । संक्रमित ९१ महिला र ६४१ पुरुष हुन् । संक्रमित मध्ये ६ सय ४९ जना निको भएर घर फर्किएका छन् । ७९ जना सक्रिय संक्रमित रहेको पाल्पामा १ सय ३९ जना शमुदाय स्तरका रहेका छन् । १६ जना स्वास्थ्य कर्मीमा समेत संक्रमण भएकोछ । पाल्पामा कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *