पाल्पा, असोज ९,
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनाकै शब शुक्रबार बेलुकी भेटिएको छ । बिहिबार बिहानै आएको पहिरोले घर बगाउँदा बेपक्ता भएका ६० बर्षिया हुम बहादुर गाहा, उहाकी श्रीमती ५० बर्षिया धनिसरा गाहा, छोरी १७ बर्षिया कृष्णमाया गाहा, नातिनिहरु १४ बर्षिया खुमिसरा आले र ८ बर्षिया लक्ष्मी गाहाको शब पहिरोमा पुरिएको अवस्थामा लिकालिएको हो । बिहिबार बिहान पहिरोले घर पुरिदा उनीहरु बेपक्ता भएका थिए ।
बिहिबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहान देखि उनीहरुको खोजी भएको थियो । बेपक्ताहरुको शब नेपाली सेना, जनपथ, शसत्र प्रहरी र स्थानीयको सहयोगमा पुरिएको अवस्थामा निकालिएको हो ।
बिहिबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ बर्षिया गर्भवती समेत रहनुभएकी मोतीसरा गाहाको ज्यान गएको थियो ।