नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार नाघ्यो, ४ सय ५९ ले ज्यान गुमाए

पाल्पा, असोज ९,
नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार नाघेको छ । गएको २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर घर फर्किएसँगै कोरोना जित्नेको संख्या ५१ हजार आठ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा सङ्क्रमण पुष्टि संगै संक्रमितको संख्या बढेको हो । मन्त्रालयका अनुसार १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण बाट नेपालमा ४ सय ५९ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या थपिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *