बेपत्ता ५ मध्ये ३ जनाको शब भेटियो

पाल्पा, असोज ९
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ मध्ये शुक्रबार दिउँसो ३ जनाको शब भेटिएको छ । बेपत्ता मध्ये १७ बर्षिया कृष्ण माया गाहा, १४ बर्षिया खुमिसरा आले र ८ बर्षिया लक्ष्मी गाहाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहिबार बिहान पहिरोले घर पुरिदा घर धनी ६३ बर्षिय हुम बहादुर गाहा,उहाका श्रीमती ४७ वर्षिया धनीसरा, छोरी १७ वर्षिया कृष्णामाया गाहा, १४ वर्षिया नातिनी खुमिसरा आले र ८ बर्षिया नातिनि लक्ष्मी गाहा बेपत्ता हुनुभएको थियो ।

बिहिबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहान बाट मात्रै बेपत्ताहरुको खोजी शुरु भएको हो । हराइरहेका बाकी २ जनाको खोजी भैरहेको छ ।बिहिबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ बर्षिया गर्भवती समेत रहेकी मोतीसरा गाहाको ज्यान गएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *