बेपक्ता ५ मध्ये २ महिलाको शब भेटियो

पाल्पा, असोज ९
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमापरि बेपत्ता भएका ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शब भेटिएको छ । बिहिबार बिहान पहिरोले घर पुरिदा ५ जना बेपतmा भएका थिए । पहिरोमा परि ६३ बर्षिय हुम बहादुर गाहा,उहाका श्रीमती ४७ वर्षिया धनी सरा, छोरी १६ वर्षिया कृष्णामाया गाहा, १४ वर्षिया नातिनी खुमिसरा आले र ७ बर्षिया नातिनि लक्ष्मी गाहा बेपत्ता हुनुभएको थियो । बेपत्ता मध्ये दिउँसो सवा १२ बजे दुई महिलाको शब भेटिएको शसत्र प्रहरी बल, पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो । बिहिबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्र बिहान बाट मात्रै बेपत्ताहरुको खोजी शुरु भएको हो ।

अहिले पनि बेपत्ताहरुको खोजी भैरहेको वडा अध्यक्ष उमान सिंह थापाले जानकारी दिनुभयो । बिहिबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ बर्षिया मोतीसरा गाहाको ज्यान गएको थियो । गर्भवती रहेकी गाहाको हिजै शब भेटिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *