पाल्पा अपडेट _ पहिरोले घर पुरिदा ६ बेपक्ता, उद्धार कार्य चल्दै

पाल्पा, असोज ८,
पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना सहित ६ जना बेपक्ता भएका छन् ।रम्भा गाउँपालिका २ फोक्सिङकोट,बेलौजाका ६० बर्षिय हुम बहादुर गाहा सहित उहाका श्रीमती,छोरी,छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी बेपक्ता भएको स्थानीय शिक्षक एवत सारुले जानकारी दिनुभयो । अहिले स्थानीय युवाहरु उद्धारमा जुटेका छन् । पहिरोले हुम बहादुरका २ छोराको घर समेत पुरेको तर उनीहरु सकुशल रहेको जनाईको छ ।

गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीका अनुसार सोही वडाको सुरुङडाडामा पहिरोले घर परिँदा एक महिला समेत बेपक्ता हुनुभएको छ ।जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटना स्थलमा प्रहरी पुगेको तर थप जानकारी प्राप्त नभएको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *