पाल्पामा पहिलोले घर पुरिदा ५ बेपक्ता, उद्धार कार्य चल्दै

पाल्पा, असोज ८
पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना बेपक्ता भएका छन् ।रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० बर्षिय हुम बहादुर गाहाको घर पुरिदा स्वयम् हुम बहादुर, उहाका श्रीमती, छोरी, छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी बेपक्ता भएको स्थानीय शिक्षक एवत सारुले जानकारी दिनुभयो । अहिले स्थानीय युवाहरु उद्धारमा जुटेका छन् । पहिरोले हुम बहादुरका २ छोराको घर समेत पुरेको तर उनीहरु सकुशल रहेको जनाईको छ ।जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटना स्थलमा प्रहरी प्रस्थान गरेको र थप जानकारी प्राप्त नभएको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *