पाल्पा, असोज ६
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय १३ पुगेको छ । मंगलबार १३ जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिकामा ११, रैनादेबी छहरा र रामपुर नगरपालिकामा १÷१ जनामा संक्रमणको पुष्टि भएको हो । मंगलबार थपिएका दुई महिला र ११ जना पुरुष हुन् ।
संक्रमित मध्ये ५ सय ८८ जना सञ्चो भएर घर फर्किएका छन् । समुदाय स्तरमा समेत कोरोना संक्रमणको समस्या भैरहेको जनाकारी दिदै स्वास्थ्य कार्यालयले अहिले सम्म १६ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको जनाएको छ । संक्रमित मध्ये १ सय २४ जना समुदाय स्तरका हुन् । पाल्पामा कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको छ ।