शमुदायमा कोरोना फैलिएपछि रिडी बजार शिल

गुल्मी, असोज ५
शुमदायमा कोरोना फैलिन शुरु भएपछि गुल्मीको रिडि बजार शिल भएको छ । बजार क्षेत्रको समुदाय स्तरमा कोरोना संक्रमणको पुष्टि भएपछि रुरु गाउँपालिकाले एक हप्ताका लागि बजार क्षेत्र शिल गरेको हो । यस अघि कोरोना संक्रमण बाट रिडिको पुलवारी पाल्पाको तानसेन नगरपालिका १४ कुसेनीकी एक महिलाको ज्यान गएको थियो । उनको परिवारका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नै रिडि बजारका ७५ वर्षिय एक बृद्धमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

शिल गरिएको क्षेत्र रिडी बजारमा सरकारले तोकेका अत्यावश्यक सेवा बाहेक पैदल हिड्न समेत प्रतिबन्ध गरिएको गाउँपालिकाले जनाएको छ । रिडी हुँदै सदरमुकाम तम्घास, अर्घाखाँची र रुद्रबेनी जाने सडक भने सुचारु हुने तर बजारमा कुनै पनि सवारी रोक्न नपाउने सुचनामा उल्लेख गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *