शनिबार पाल्पामा १५ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असोज ३
शनिबार पाल्पामा १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार पाल्पा घर भई प्रादेशिक अस्पताल रुपन्देहीमा उपचाररत एक जना, लुम्बिनी मेडिकल कलेज, प्रभासका बिरामी ४ जना, तिनाउँ गाउँपालिकाका शमुदाय स्तरका ६ जना, रम्भा गाउँपालिकाका २ जना र रिब्दीकोट गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालयका अनुसार रिब्दीकोट र रम्भाका संक्रमित मध्ये केही कर्मचारी पनि छन् । शनिबार थपिएका १५ जना संगै पाल्पामा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ ।

संक्रमित ८२ महिला र ६१५ पुरुष हुन् । १ सय ११ जना शमुदाय स्तरका संक्रमित रहेको पाल्पामा कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *