कोरोना बाट पाल्पामा महिलाको ज्यान गयो, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पा, असोज ३
पाल्पामा कोरोना संक्रमण बाट थप एक महिलाको ज्यान गएको छ । उपचारका क्रममा लुम्बिनीमेडिकल कलेज, प्रभासमा तानसेन १४ की ४१ बर्षिया महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । निमोनियाका बिरामी उनको कोरोना संक्रमण भएकै दिन शुक्रबार राती ज्यान गएको हो । बिरामी भएपछि उनलाई आफन्तले मंगलबार मेडिकल ल्याएका थिए । कोरोना संक्रमणको लक्षण देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब लिएर भैरहवा पठाएको थियो । उनको शुक्रबार बेलुकी मात्रै पोजिटिभ नतिजा आएको थियो ।

शुक्रबार ज्यान गुमाएकी महिला संगै पाल्पामा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यस अघि पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षिय पुरुष, तानसेन पिपलडॉडाकी ३० वर्षिया महिला र तानसेन टिन्टीऑपका ५२ वर्षीय पुरुषको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *