काठमाण्डौं, असोज २,
नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमणको पुष्टि भएपछि कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ३९० जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार ४३ हजार ८२० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । गएको २४ घण्टाको अवधीमा देशभरका प्रयोगशालामा गरि ११ हजार ४५८ को नमुना परीक्षण हुँदा ६३९ महिला र १३८१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै काठमाडौंका ६९८, चितवनका १९१, मोरङका ११८, सुर्खेतका ११७ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका अस्पतालमा गरी ३६ जना भेन्टिलेटरमा र १७३ जनाको आईसीयूमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मतीमा १२६ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा रहेका छन् ।