अन्तरजिल्ला र जोरबिरोजरमा रोक लगाउने निर्णय फेरीएको छैन ः प्र्.जि.अ न्यौपाने

पाल्पा, असोज १
पाल्पामा अन्तरजिल्ला र जोरबिजोरमा रोक लगाउने निर्णय कायमै छ।हिजो बेलुकी मात्रै गृह मन्त्रालयबाट परिपत्र प्राप्त भएको र अव के गर्ने भन्ने बिषयमा आज दिउँसो बैठक पछि निर्णय हुने जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ ।आज देखि लामो तथा छोटो दुरीमा यातायातका साधन तथा होटलहरु संचालन गर्ने केन्द्रिय सरकारले निर्णय भएपनि पाल्पामा के गर्ने भन्ने बारेमा आज मात्रै निर्णय हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।बिद्यालय,शैलुन तथा भिडभाड हुने स्थानहरु संचालनमा आउन नपाउने निर्णय यथावत रहेको पनि प्रशासनले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *