लामो दुरीको यातायात असोज १ देखि खुल्दै, आन्तरिक हवाई र होटल पनि खुल्ने

काठमाण्डौं, भाद्र ३०
असोज १ देखि लामो दुरीको यातायात सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने समेत निर्णय गरेको छ । संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन र बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने समेत निर्णय भएको छ । मन्त्रीपरिषद बैठकले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय भएको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ र मास्क, भाइजर अनिवार्य गरिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *