काठमाण्डौं, भदौं २९ ,
असोज ५ देखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने समेत निर्णय गरेको छ ।
राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्यको पदमा नेकपा उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने बैठकले निर्णय गरेको हो । यस अघि गौतमलाई नेकपाले राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नु हुनेछ ।