पाल्पा, भदौं २९
पाल्पामा ५ डाक्टर संगै सोमबार एकै दिन २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनका ४ डाक्टर, ३ स्टाफ नर्स, ३ बिरामी गरि १० जना, यूनाईटेड मिशन अस्पताल तानसेनका एक डाक्टर, एक अनमि, एक कर्मचारी र एक बिरामी गरी ४ जना, जिल्ला अस्पताल पाल्पाका कर्मचारी र उनका छोरी गरि २ जना, बगनाँसकाली ९ का बाबुछोरा गरि २ जना र तिनाउँ १ का १ जना (शमुदाय स्तरका ) र तिनाउँकै वडा नम्बर ४ का २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
सोमबार पुष्टि भएका २१ जना संगै पाल्पामा संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । संक्रमित मध्ये ५ सय ७७ जना सन्चो भएर घर फर्किएका छन् भने एक पुरुष र एक महिलाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।