आउने हप्ता देखि पाल्पामा कोरोना परिक्षण हुने

पाल्पा, भदौं,२७
आउने हप्ता देखि पाल्पामा पिसिआर प्रविधिबाट कोरोना परिक्षण हुने भएको छ । सदरमुकाम तानसेनको काजिपौवामा रहेको जिल्ला समन्वय समितिको भवनमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने प्रयोगशाला निर्माण भैरहेकाले आगामी हप्ता देखि परिक्षणको काम शुरु हुने पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाल्पा अस्पतालको मातहतमा रहने प्रयोगशाला निर्माणका लागि संघीय सरकारले उपलब्ध गराएको एक करोड बजेटबाट पिसिआर प्रविधिका सामग्री खरिद गरिएको छ ।

जिल्लाका १० स्थानीय तहको आर्थिक सहयोगमा एक करोड बढीको लागतमा भौतिक संरचना निर्माण कार्य सम्पन्न भएको छ । पिसिआर प्रविधिका सम्पूर्ण सामग्री पाल्पा आएको र प्रयोगशालाका लागि स्वास्थ्यकर्मी सहित ५ जना जनशक्तिसमेत तयारी अवस्थामा रहेको अध्यक्ष पाण्डेको भनाई छ ।

पाल्पामा स्थापना हुने प्रयोगशालाबाट छिमेकी जिल्ला गुल्मी , स्याङ्जा, अर्घाखाँची, पर्वत लगाएतका जिल्लावासीलाई सेवा लिन सहज हुने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *