अर्कैका श्रीमान् संग हिडेकी किशोरीमा कोरोना पुष्टि भएपछि खोज्न जाने गाउँलेलाई तनाव

पाल्पा, भाद्र २७
छोरीका बाउ बनिसकेका पुरुष संग हिडेकी रिब्दीकोट, पाल्पाकी १५ बर्षिया बालिकामा कोरोना संक्रमणको पुष्टि भएपछि खोज्न जाने गाउँलेमा क्रास बढेको छ । वडा अध्यक्षका अनुसार गाउँका २३ बर्षिय पुरुषले बालिका भगाएको थाहा पाएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए । भागेर बुटवल पुगेका दुबै जनालाई बुटवलको एक होटल बाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय, पाल्पा ल्याइएपछि बालिका फर्काउन जनप्रतिनिधि सहित प्रहरीमा पुगेका आफन्त र गाउँलेहरु शुक्रबार देखि होम क्वारेनटिनमा बसेको वडा अध्यक्षले बताए ।

किशोरी भगाएर हार्थोक हटियामा आफन्तकोमा ५ दिन राखेको र त्यसपछि बुटवलको एक होटलमा बसेको किशोरी भगाउने पुरुषले बताएका छन् । प्रहरीकोमा बालिका लिन गएका जनप्रतिनिधि सहित गाडी चालक र आफन्तसंगै गाउँका २६ जनाको पिसिआर परिक्षण गरी होम क्वारेनटिनमा बसेको वडा कार्यालयले जनाएको छ । अहिले संक्रमित किशोरी घरमै र उनलाई भगाउने पुरुष प्रहरी नियन्त्रणमा छन् ।