नेपालमा कोरोना संक्रमणको संख्या ५० हजार नाघ्यो, ३ सय १७ ले ज्यान गुमाए

काठमाण्डौं, भाद्र २५
नेपालमा कोरोना संक्रमणको संख्या ५० हजार नाघेको छ । ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सङ्क्रमितको संख्या ५० हजार चार सय ४६ पुगेको हो । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित सन्चो भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ । नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *