तानसेन नगरपालिका र मातहतका कार्यालयहरु बन्द

पाल्पा, भदौं, २५
तानसेन नगरपालिका र मातहतका कार्यालयहरु बिहिबार देखि नै अनिश्चित कालका लागि बन्द भएका छन् । नगरभित्रका जनप्रतिनिधि लगाएत शमुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सुचना जारी नभए सम्मका लागि अत्याबश्यक सेवा बाहेक कार्यालयहरु बन्द गरिएको तानसेन नगरपालिकाले सूचना मार्फत जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार बुधबार कोरोना संक्रमणको पुष्टि भएका ३० जना मध्ये १६ जना तानसेन नगरभित्रका छन् । नगरपालीकाका ४ जनप्रतिधिमा समेत संक्रमणको पुष्टि भएको छ ।

यस अघि शमुदायमा संक्रमण फैलिएपछि तिनाउँ गाउँपालिका एक हप्ताका लागि बन्द भएको छ । बगनासकाली गाउँपालिकाको ८ र ७ वडा र माथागढी गाउँपालिकाको वडा नम्बर १ का बिभिन्न स्थान समेत शिल गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *