तानसेनका ४ जनप्रतिनिधि संगै २८ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, भदौं २५
तानसेन नगरपालिकाका ४ जना जनप्रतिनिधि संगै नगर भित्र १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार बेलुकी संक्रमणको पुष्टि भएका २८ मध्ये तानसेन १ मा २ जना, वडा नम्बर २ मा १ जना, वडा नम्बर ६ मा १ जना, वडा नम्बर ७ मा २ जना, वडा नम्बर ८ मा २ जनामा संक्रमणको पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ९ मा १ जना, वडा नम्बर १० मा ४ , वडा नम्बर ११ मा १ जना, वडा नम्बर १२ मा २ जनामा गरी नगर भित्र १६ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचार गराइरहेका तानसेन ७ का १ जना, रिब्दीकोट र रम्भा गाउँपालिकाका १ जनामा गरि ३ जनामा समेत संक्रमणको पुष्टि भएको हो । बुधबार बेलुकीनै रम्भा गाउँपालिकाका ९ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका २८ जनासंगै पाल्पामा संक्रमितको संख्या ६ सय ४० पुगेको छ । कोरोना संक्रमणबाट पाल्पामा एक पुरुष र एक महिला गरि दुई जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *