पाल्पा, भाद्र २५
पहिरोले घर भत्किदा पाल्पामा एक यूवकको ज्यान गएको छ । बगनाँसकाली गाउँपालिका ७ खानीगाउँका २२ बर्षिय सुमन कनौजेको ज्यान गएको हो । बुधबार बेलुकी ११ बजे स्थानीय कान्तिसराको घर अचानक भत्किदा घरभित्र सुतिरहेका उहाँका छोरा सुमन गंभिर घाइते भएका थिए । पुरिएको अवस्थामा स्थानीयले उद्धार गरि तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा ल्याएपनि उपचारका क्रममा बिहिबार बिहान उनको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले केही बस्तुभाउ समेत पुरिएको छ ।