पाल्पा, भाद्र २४
अत्याधिक रक्तश्राव भएपछि गंभिर रहेकी गर्भवतीलाई सशत्र प्रहरी, बल पाल्पाका प्रमुख, प्रहरी नायब उपरिक्षक अरुणकुमार सिंहले अस्पताल पुगेर रक्तदान गर्नुभएको छ । तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत निस्दी गाउँपालिका १ बाकामलाङकी २६ बर्षीया टिकामाया सोतीलाई सिंह सहित, सहायक हबल्दार तिलक कुँवर, सहायक हबल्दार हेमन्त गाहा, प्रहरी सहायक हबल्दार केशव थापा, प्राबिधिक सशस्त्र प्रहरी जवान लक्ष्मण के.सीले मंगलबार राती अस्पताल पुगेर रक्तदान गरेका हुन् । रक्तश्राव पछि बिरामी गंभिर रहेको भन्दै रक्तदानका लागि सामाजिक सञ्जाल मार्फत आब्हान भएपछि प्रहरी नायब उपरिक्षक सिंहले आफ्ना समूह लिएर मंगलबार बेलुकी ११ बजे अस्पताल पुग्नुभएको थियो । आफन्त र छरछिमेक संग हारगुहार गरेर बिरामीलाई ५ पिन्ट रगत चढाएपनि थप ५ पिन्ट ए पोजेटिभ रगत नपाएपछि छटपटाएको बेला सशत्र प्रहरीको समूहले रगत दिएको बिरामीका श्रीमान् दुर्गा बहादुर सोतीले जानकारी दिनुभयो ।
कोरोनाको समस्याले रगत दिन चाहाने पनि अस्पताल आउन नमानेको भन्दै दुर्गा सोतीले श्रीमतीको ज्यान जोगाउन प्रहरी भगवान साबित भएको महशुस गरेको बताउनुभयो । आफूहरुको सानो सहयोगले कसैको जिवन जोगिन्छ भने, डि.एस.पि सिंहले भन्नुभयो “त्यो बेला सशस्त्र प्रहरी जहिले र जहाँ पनि तयार छौ । ”
सुत्केरीको जिवन जोगाउन सशत्रको समुहनै अस्पताल नै गएर रगत दिएपछि जिल्लाका नागरिक अगुवाहरुले पनि प्रहरीलाई धन्यबाद दिएका छन् ।