जाँड खाएर प्रहरी कुट्ने ३ यूवा माथि मुद्धा चल्यो

पाल्पा, भाद्र २३
मादक पदार्थ सेवन गरी प्रहरीमाथि कुटपिट गर्ने रामपुर, पाल्पाका ३ यूवा माथि प्रहरीले कारवाही प्रकृया अघि बढाएको छ । अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा रामपुर ४ का २० बर्षिय सुसन नेपाली, ३५ बर्षिय मन बहादुर नेपाली र वडा नम्बर ५ का २२ बर्षिय सुरज सार्कीलाई नियन्त्रणमा लिएर शार्वजनिक शान्ति बिरुद्धको कसूरमा मुद्धा दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय बाट १० दिनको म्याद लिई थप अुनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मादक पदाद्र्ध सेवन गरि होहल्ला गर्दे अशान्ती फैलाएकाले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गर्ने क्रममा रामपुर अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान जय प्रकाश चौधरीलाई अस्लिल शब्दमा गाली गलौज गर्दे हातपात तथा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *