कोरोना संक्रमण बाट पत्रकारको ज्यान गयो

कपिलबस्तु, भाद्र २२
कोरोना संक्रमण बाट नेपालमा पहिलो पटक एक पत्रकारको ज्यान गएको छ । टेलिभिजन पत्रकारीतामा लामो अनुभव लिनुभएका कपिलबस्तुका ६२ वर्षीय बनारसी वर्माको सोमबार ज्यान गएको हो । मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित वर्माको ज्यान गएपछि गरिएको परिक्षणमा कोरोना संक्रमणको पुष्टि भएको हो । उहालाई सामान्य रुघाखोकी जस्तै लक्षण देखिएको र स्वास लिन समस्या भएको पारिवारिक स्रोतले जनाएका छन् । उहाका छोरालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उहाँ नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्ष बन्नुभएको थियो । वर्माका श्रीमती, दुई छोरी र दुई छोरा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *