पाल्पामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि

पाल्पा, भाद्र २२
पाल्पामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लाको माथागढी गाउँपालिकाका एक पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोस कुमार थापाले जानकारी दिनुभयो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष थापाको भनाई छ । रुपन्देहीमा आफन्त भेटेर फकिएका उनमा कोरोना पोजेटिभ देखिएको हो ।

६ सय बढी संक्रमित रहेको पाल्पामा ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये एक जना ट्राभल हिष्ट्रि नभएका पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *