बिरामीमा कोरोनाको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा सिल गरियो

पाल्पा, भाद्र २१
अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा शिल गरिएको छ । गएको एक हप्ता अघि देखि अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएकी तानसेन ११ निवासी ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।

पाल्पामा आइतबार मात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६ पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *