आईतबार एकै दिन पाल्पामा १६ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, भाद्र २१
पाल्पामा एकै दिन १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार आईतबार पुष्टि भएका संक्रमित मध्ये तिनाँउ गाउँपालिकामा ८ जना रहेका छन् । माथागढी गाउँपालिकामा ५,रैनादेबी छहरा गाउँपालिकामा २ र बगनाँसकाली गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएका हुन् । आईतबार थपिएका संगै पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६ पुगेको छ । ५५ महिला र ५५१ पुरुषमा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार ५ सय ६३ जना संक्रमित निको भएर घर फर्र्किएका छन् भने पाल्पामा दुई जनाको संक्रमणवाट ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *