पाल्पा, भाद्र २०
जिपको ठक्कर बाट पाल्पामा पैदलयात्रीको ज्यान गएको छ । शनिबार दिउँसो रम्भा गाउँपालिका ५ मुडुलिचौपारीमा भएको दुर्घटनामा स्थानीय ६० बर्षिय भुपाल सिंह राना मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार आर्यभञ्याङ रामपुर सडक खण्डमा आर्यभञ्याङबाट खाद्धान्नको सामान लिएर रामपुरका लागि छुटेको ना ३ च ८८०८ नम्बरको बलेरो जिप अनियन्त्रित भई पैदलयात्री रानालाई ठक्कर दिएको थियो । जिपको ठक्कर बाट गंभिर घाईते भुपाल सिंहको उपचारका लागि प्राथमिक केन्द्र ताहँमा उपचारका क्रममा ज्यान गएको हो । चालकलाई नियन्त्रणमा लिई घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।