शुक्रबार बिहानै थपिए पाल्पामा ५ जना कोरोना संक्रमित

पाल्पा, भाद्र १९
शुक्रबार बिहानै पाल्पामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन नगरपालिकाका ४ जना र रिब्दीकोट गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका १० का २ जना, वडा नम्बर ११ र १४ का एक÷एक जनामा कोरोना सङक्रमणको पुष्टि भएको हो । उनीहरु मध्ये ३ जना भारत र एकजना मलेसियाबाट आएर होम क्वारेनटिनमा बस्दै आएका थिए । रिब्दीकोटमा कोरोना पुष्टी भएका बुटवल प्रादेशिक अस्पतालमा उपचार गराइरहेका हुन् ।

शुक्रबार थपिएका संगै पाल्पामा संक्रमितको संख्या ५ सय ८८ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना सञ्चो भएर घर फर्किएका छन् भने २ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *