पाल्पा, भाद्र १८,
पाल्पाको आर्यभञ्याङ रामपुर सडकमा पर्ने रामपुर ४ सिताकुण्ड ठाटिमा बहिबार बिहान भएको मिनि ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा सर्लाही बागमति नगरपालिका ६ का ३० बर्षिय सन्तोष गहतराज बिकको ज्यान गएको हो । घाइते सोही स्थानका १६ बर्षिय राहुल बिकको रामपुर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार हेटौडा बाट रामपुरका लागि निर्माण सामाग्री (जाली ) लिएर आउँदै गरेको प्रदेश ३—००१ अ ओ ००७१ को मिनि ट्रक ओरालो बाटोमा अनियन्त्रित भई बाटो देखि १ सय ५० मिटर तल खसेको छ ।