बाग्लुङ, भाद्र १८
बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् भने एक जनाको शब भेटिएको छ । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेको र सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीय जिवन पुनले जानकारी दिनुभयो । अरिवरल वर्षापछि हिजो राती आएको बाढीले घर बगाउँदा १२ जना बेपक्ता भएको इलाका प्रहरी कार्यालय, बुर्तिवाङले जनाएको छ ।
स्थानीयका अनुसार लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् । लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, र भसुन्डेमा १ घर बाढीले बगेको छ । यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको स्थानीयले जनाएका छन् ।
घटनाको थप बिवरण आउन बाँकी रहेको छ ।