पाल्पामा चल्यो हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔंको अभियान

पाल्पा, भाद्र १७
कोरोना संक्रमणवाट समस्यामा परेकाहरुका लागी पाल्पाको माडिखहरेमा फुडबैंकको शुरुवात भएको छ । हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ माथागढी गाउँपालिका २ र ३ स्थित माडि खहरे युवा क्लवले बुधबार देखि अभियान शुरु गरेको हो । बुधबार ५६ घर परिवारलाई ३ के.जि चामल, १ के.जि दाल, १ लिटर तेल, १ प्याकेट नुन, साबुन, चिनि, आँटा, आलु र माक्स बितरण गरिएको क्लवका सचिब यूवराज चिदि मगरले जानकारी दिनुभयो । क्लवका सदस्य र स्थानीय सहयोगीहरुलाई पैसा भन्दा खाद्धान्न लिएर आउन आग्रह गरिएको सचिब चिदिको भनाई छ ।

माथागढी गाउँपालिकाको कसेनी र रुप्सेको बिचमा पर्ने खहरे बजारको एक घरमा संचालन गरिएको फुड बैंक कार्यक्रम बुधबार, बिहिबार र शुक्रबार गरि ३ दिनको भनिएपनि सबैको सहयोग भए हप्ता दिन सम्म संचालन गर्ने क्लबका अध्यक्ष नन्दबिर दिश्वा मगरले जानकारी दिनुभयो । बिहान ७ देखि साँझ ४ बजे सम्म सामान लिने र बितरण गरिने अध्यक्ष नन्दबिरले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *