माइतीमा गयो आमाको ज्यान, छोरीको अवस्था गंभिर

पाल्पा, भाद्र १७
पाल्पाको तिनाउँ गाउँपालिका ३, श्रीडाँडामा घर माथि बाट खसेको ढुंगाले लागेर माइत बस्न आएकी २९ बर्षिया समिक्षा चौहानको ज्यान गएको छ । माथागढी ७ रहबास घर भई माइतमा रहेकी समिक्षाको घर माथि बाट खसेको ढुंगा लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ढुंगाले लागेर उहाँकी तीन बर्षिया छोरी करिष्मा गंभिर घाइते भएकी छिन् ।

मंगलबार बेलुकी माइती (गोबिन्द सोमैको घरमा) बसीरहेको बेला माथि बाट खसेको ढुंगाले लागेर गंभिर घाइते हुनुभएकी समिक्षाको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी सिटि अस्पतालमा ज्यान गएको तिनाउँ ३ का वडा अध्यक्ष प्रेम पाण्डेयले जानकारी दिनुभयो । छोरी करिष्माको सोही अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था समेत गंभिर रहेको अस्पतालले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *