काठमाण्डौं, भाद्र १५
सरकारले असोज १ देखि अन्तरजिल्ला र लामो दूरीका यातायात संचालन शुरु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दे सरकारका प्रबक्ता डा.युवराज खतिवडाले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी साधन संचालन असोज १ बाट शुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस अघि भाद्र १६ गते देखि यस्ता सवारी साधन संचालन गर्ने निर्णय भएपनि कोरोना संक्रमणको जोखिम झन् थपिएकाले त्यसलाई असोज १ गते देखि मात्रै संचालन हुन दिने निर्णय भएको डाक्टर खतिवडाले जानकारी दिनुभयो ।
उहाका अनुसार आन्तरिक हवाई उडान पनि असोज १ देखि नै खुला गर्ने सरकारले निर्णय गरेको छ ।