कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२८ पुग्यो, संक्रमित ३९ हजार ४ सय ६०

काठमाण्डौं, भाद्र १५
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना बाट सात जनाको ज्यान गएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो ।

हाल सम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार चार सय ६० पुगेको छ । गएको २४ घण्टामा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *