एम्बुलेन्स दुर्घटनामा २ जनाको ज्यान गयो , २ घाइते

स्याङ्जा, भाद्र १४
स्याङ्जामा भएके एम्बुलेन्स दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा चापाकोट ९ का ३५ वर्षिय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको ज्यान गएको हो । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । आइतबार बिहान वालिङ नगरपालिका–५ माझकोटमा भएको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटनामा चापाकोट ९ की ३१ वर्षिया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई पोखरामा उपचार भैरहेको छ । दुर्घटना भएको एम्बुलेन्स चापाकोट अस्पतालको रहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *