शनिबार एकै दिन पाल्पामा ६ जनामा कोरोना पुष्टि

पाल्पा, भाद्र १३,
शनिबार पाल्पामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै तिनाउँ गाउँपालिकाका हुन् । भारत बाट घर फर्किएर क्वारेनटिनमा रहेका उनीहरुको भैरहवा प्रयोग शालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । संक्रमितहरु २७,२२,३०,३४,३७ र ४७ बर्षका रहेका छन् । शनिबार थपिएका ६ जना संगै पाल्पामा संक्रमितको संख्या ५ सय ७९ पुगेको छ । संक्रमित मध्ये ५६१ जना निको भएर घर फर्किएका छन् भने २ जनाको ज्यान गएको छ । कोरोना परिक्षणका लागी पछिल्लो समय पाल्पा बाट ५ सय बढीको स्वाब भैरहवा पठाइएको र त्यसको रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *