पाल्पामा कोरोना संक्रमित महिलाको ज्यान गयो

पाल्पा, भाद्र १२,
पाल्पामा कोरोना संक्रमित एक महिलाको ज्यान गएको छ । तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा तानसेन ८ मदनपोखरा निवासी ३० बर्षिया महिलाको ज्यान गएको लुम्बिनी मेडिकल कलेजले पुष्टि गरेको हो । भाद्र ७ गते कोरोना पोजेटिभ पुष्टि भएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशन वार्डमा उहाँको उपचार भैरहेको थियो । पहिले देखि नै मुटु सम्बन्धि समस्यामा रहकी ति महिलामा कोरोनाको लक्षण देखिए पछि परिक्षणका लागि स्वाव संकलन गरि भैरहवा प्रयोग शाला पठाइएको थियो । उपचारका क्रममा मुटुको समस्या थपिदै गएपछि शुक्रबार बिहान देखि भेन्टिलेटरमा राखेर उपचार भैएको र बेलुकी निधन भएको हो ।

ट्राभल हिस्ट्री नभएकी मृतक महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि बिहिबार मात्रै उहाँको गाउँमा आफन्त र सम्र्पकमा आएकाहरुको स्वाव संकलन गरि परिक्षणका लागि भैरहवा पठाइएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । यस अघि पनि कोरोना संक्रमण बाट पाल्पामा एक पुरुषको ज्यान गएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *