पाल्पा, भाद्र १२,
पाल्पामा थप एक हप्ताका लागि निशेधाज्ञाको अवधी थपिएको छ । शुक्रबार दिउँसो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठक पछि आगामी १९ गते राती १२ बजे सम्मका लागी निशेधाज्ञाको अवधी थपिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय बैठक पछि प्रमुख जिल्ला अधिकारी द्धारा जारी निशेधाज्ञा सम्बन्धि आदेश अनुसार औषधी पसल, खाद्धान्न,दुधडेरी तथा फलफूल र तरकारी पसलहरु बिहान ७ देखि ११ बजे सम्म संचालन हुन पाउने छन् । यस अघि ति अत्यावश्यक पसलहरु बिहान ७ देखि १० बजे सम्म मात्रै संचालन हुँदै आएका थिए । अहिलेको निशेधाज्ञामा तानसेनका फेन्सी पसल समेत सजकता अपनाएर संचालन हुन पाउने भएका छन् ।
होटल तथा रेष्टुरेन्ट, ब्यूटी पार्लर, शैलुन, जिमखाना भने संचालन हुन नपाउने भएका छन् । बैंक तथा बित्तिय संस्था संचालनमा समेत रोक लगाइएको । तर बैंकका ए.टि.एम सेवा भने खुला रहने जनाइएको छ ।