काठमाण्डौं, भाद्र ११
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय ८९ पुगेको छ । गएको २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५ महिला र चार पुरुष रहेका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ३५ हजार ५सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ संक्रमित थपिएका हुन् । १२ हजार ६२९ नमुना परीक्षण गरिएकोमा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ । काठमाडौं उपत्यकामा मात्र ३ सय ७७ संक्रमित थपिएका छन् ।