कोरोना बाट ज्यान गुमाउनेको संख्या १७२ पुगे, संक्रमित ३३ हजार नाघे

काठमाण्डौं, भाद्र ९
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको ज्यान भएको पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, महोत्तरी र बाराका दुई ÷ दुई जना तथा पर्सा, रुपन्देही र कैलालीमा एक÷ एक जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५५ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण हुँदा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएर घर फर्किएका छन् । अहिले देशभरमा गरी १४ हजार २५० संक्रिय संक्रमित छन् । काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *