खाजाघर संचालकलाई कोरोना संक्रमणको पुष्टि भएपछि गाउँमा त्रास

पाल्पा, भाद्र ९
पाल्पाको तिनाउँमा एक नास्ता पसलेलाई कोरोना संक्रमणको पुष्टि भएको छ । शमुदाय स्तरमा गरिएको परिक्षणमा तिनाउ २ दोभान लामाचौपारी नजिकैको नास्ता पसल गर्ने महिलामा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका प्रबक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमणको पुष्टि भएपछि दुई हप्ता अघि देखि उहासंग सम्पर्कमा आएका तथा पसलमा नास्ता खान गएकाहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो । आगागी १३ र १४ सबैको कोरोना परिक्षण हुने जानकारी दिदै पालिकाले संयमता अपनाउन समेत सबैसंग आग्रह गरेको छ । तिनाउँकी एक महिला संगै मंगलबार पाल्पाका ४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार भारतबाट घर फर्किएका रिव्दीकोट गाउँपालिकाका ३ पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो ।
पाल्पामा अहिले सम्म ५ सय ७३ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ । जसमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् भने एकजनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका अनुसार ११ जना सक्रिय कोरोना संक्रमित रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *