पाल्पा, भाद्र ९
पाल्पाको तानसेनमा शमुदाय स्तरमा कोरोना नफैलिएको पुष्टि भएको छ । तानसेन ४ बिशाल बजारकी एक गृहणीमा कोरोना पुष्टि भएपछि बिशाल बजार क्षेत्र नै शिल गरि ३ सय ३५ जनाको कोरोना परिक्षण गरिएकोमा मंगलबार सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।
यही भाद्र २ गते विशालबजार क्षेत्रका बासिन्दा र संक्रमित महिलासँग सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गरिएको थियो । साउन २९ गते ४० वर्षिया महिलामा संक्रमण पुष्टि भएपछि सील गरिएको क्षेत्रका हरेक घरको एक ÷एक जनाको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा प्रयोगशाला पठाइएको थियो । श्वाब संकलन पछि एक हप्ता पछि मात्रै नतिजा नआएकोमा भने स्थानीयले दुखेसो ब्यतm गरेका छन् ।
संक्रमणको जोखिम बढेपछि पाल्पामा अहिले निशेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले भाद्र १२ गते राती सम्म लागु हुने गरी निशेधाज्ञा जारी गरेको हो ।