पाल्पामा ट्राभल हिस्ट्री नभएका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, भाद्र ७,
पाल्पामा ट्राभल हिस्ट्री नभएका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा परिक्षण भई आइतबार प्राप्त रिपोर्टमा तानसेन ८ मदनपोखरा, पिपलडाडाकी ३० वर्षिय महिला र रामपुर नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । मुटुरोगी मदनपोखराकी महिलालाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो । कोरोना भाइरसको लक्षण मिलेपछि शनिबार स्वाब संकलन गरि भैरहवामा गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । छिमेकीका अनुसार पहिले देखि नै मुटुरोगको औषधी खाँदै आएकी ति महिलालाई यशुले निको पार्नुहुन्छ, औषधी नखाए हुन्छ भनेर पास्टरले भनेपछि केही महिना देखि औषधी खान छोडेकी थिईन् । शुक्रबार रुखाघोकी र अत्यधिक ज्वोरो आएपछि आफन्तले उनलाई अस्पताल ल्याएका थिए । कोरोना संक्रमणको पुष्टि भएपछि उनको मेडिकल कलेजकै आइसोलेशन वार्डमा उपचार भैरहेको छ ।

आइतबार कोरोना पुष्टि भएका रामपुरका २ पुरुषको रिपोर्टमा पनि कम्यूनिटि उल्लेख गरिएको र यस बारेमा थप अनुसन्धान भैरहेको स्वास्थ्य कार्यालय, पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । यस अघि लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार पछि घरमै रहेकी तानसेन ४ बिशालबजारकी एक महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो । गत शुक्रबार पनि तानसेन १२ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी एक हप्ता अघि भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए । आइतबार थपिएका ३ जना संगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय ६८ पुगेको छ । संक्रमित मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् भने एक जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *