बिर्घाको पहिरोमा बिस्थापित, बेपत्ता, ज्यान गुमाएका र घाइतेका परिवारलाई आर्थिक सहयोग

स्याङ्जा,भाद्र ६,
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरो परि ज्यान गुमाएका, बिस्थापित, बेपत्ता र घाईतेका परिवारलाई आर्थिक सहयोग भएको छ । वैदेशिक रोजगारको शिलशिलामा बेलायत र हङकङ्गमा रहेकाहरुले संकलन गरि पठाएको ९ लाख बढी नगद रकम राहत स्वरुप प्रदान गरिएको हो । कालिगण्डकी सेरोफेरो समाज बेलायत (यूके) बाट ५ लाख ६६ हजार २ सय २० र आलमदेवी सेरोफेरो समाज हङकङबाट ३ लाख ७६ हजार ५ सय ६० रुपयाँ गरी ९ लाख ४२ हजार ७ सय ८० रुपियाँ राहतस्वरुप मृतक, बेपत्ता र घाइतेका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष साबीत्रा कोइरालाको हात बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको स्थानीय शिक्षक दर्शन रानाले जानकारी दिनुभयो । गत असार ३० गते कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेका ७० वर्षिय इमानसिंह राना, ६० वर्षिय गिमानसिंह राना र ४६ वर्षिय टीका थापाको पहिरोमा पुरिएर ज्यान गएको थियो । स्थानीय प्रेमचन्द्र पाण्डे सोही पहिरोमा पुरिएर अहिले सम्म बेपत्ता हुनुभएको छ ।

पहिरोमा पुरिएर स्थानीय होमनाथ पाण्डे (किसान) र वीरबहादुर राना (बुद्ध) घाइते हुनुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *