पाल्पा, भाद्र ६
पाल्पा आई.टि.एफ् तेक्वान्दो संघले आयोजना गरेको प्रथम पाल्पा आई.टि.एफ.पुरुष भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाल्पाका साजन पचभैया, बिरेन्द्र बुढा,उज्वल गहतराज र अशोक सारुको समुह पहिलो भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा गरिएको प्रतियोगितामा झापाका मिशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विक्रम श्रेष्ठ, श्याम राईको समूह दोस्रो र बाग्लुङ्गका प्रविन बुढा, आकाश बुढा, कमल सेर्पाली, तेजेन्द्र बुढाको समुह तेस्रो भएका छन् । प्रतियोगितामा विभिन्न जिल्लाका १७ समुहको सहभागीता रहेको प्रतियोगिता संयोजक पाल्पा आई.टि.एफका उपाध्यक्ष एवम् अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापा मगरले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको जोखिममा समेत खेल र खेलाडीहरुलाई सक्रिय बनाउन भिडियो लनलाईनबाट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिहरुले मार्शल आर्ट सीप प्रदर्शन, धेरै विधिहरुको प्रयोग, मनोरन्जन, दु्रत गतिको प्रस्तुती, उच्च उर्जा, रोमान्चक, नाटकीय पनमा ध्यान दिएर भिडियो निर्माण गरेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने पुरस्कारदाता, सहभागी सवैलाई आयोजक पाल्पा आई.टि.एफ् तेक्वान्दो संघले आभार ब्यक्त गरेको छ । आगामी दिनमा पनि खेल र खेलाडीहरुको हितका कार्यक्रम भैरहने समेत संघले जनाएको छ ।