पाल्पामा आज राती देखि निशेधाज्ञा

पाल्पा, भाद्र ५,
पाल्पामा आज राती देखि निशेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरिय बैठक पछि प्रमुख जिल्ला अधिकारीले आज राती १२ बजे देखि १२ गते राती १२ बजे सम्मका लागी निशेधाज्ञा जारी गर्नुभएको हो । सरकारले स्थानीय स्तरमा कोरोना संक्रमणको अवस्था अनुसार निषेधाज्ञा र कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो । पाल्पाको रामपुरमा भने रामपुर नगरपालिकाले गएको मंगलबार देखि नै आगामी १२ गते सम्मका लागि लकडाउन गरेको छ । निशेधाज्ञाका बेला औषधी पसल, खाद्धान्न , फलफूल, तरकारी, दुध, पेट्रोल पम्प, ग्यास डिपोहरु बिहान ७ देखि १० बजे सम्म संचालन हुन पाउने छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *