करेन्ट लागेर पाल्पामा एक महिलाको ज्यान गयो, एक पुरुष घाइते

पाल्पा, भाद्र ५
करेन्ट लागेर पाल्पामा एक महिलाको ज्यान गएको छ । एक पुरुष घाईते भएका छन् । बिहिबार राती अत्यधिक हावा चलेको र बिधुत्तसर्ट हुँदा करेन्ट लागेर रैनादेबीछहरा गाउँपालिका ६ जुठापौवाकी २७ बर्षिया दिल कुमारी रास्कोटी मगरको ज्यान गएको हो । वडा सचिव हुम बहादुर कुँवरका अनुसा करेन्ट लागेर गंभिर घाइते हुनुभएकी रास्कोटीको उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा ज्यान गएको हो । करेन्ट लागेर स्थानीय झमान पुन गंभिर घाइते हुनुभएको छ ।

बिधुत्तसर्ट हुँदा नेपाने, पटुवाचौर लगाएतका गाउँमा केही बस्तुभाउ मरेका र घरमा समेत क्षति पुगेको सचिव हुम कुँवरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *